१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

विकास बैंकको नाफामा १ अर्ब ६७ करोड, कुनको कति ?

१५ कात्तिक, काठमाडौं । राष्ट्रियस्तरका आठ विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकहरूले १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकको नाफा ११३.२३ प्रतिशतले बढेको हो।

अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ थियो। नाफामा लुम्बिनी विकास बैंक पहिलो स्थानमा रहेको छ। गत वर्षको पहिलो त्रैमासमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंकले  चालु आर्थिक वर्षमा ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  मुक्तिनाथ विकास बैंकले तीन महिनामा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

त्यस्तै, गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।  कामना सेवा विकास बैंकले नाफा १६.९९ प्रतिशतले बढाएर २३ करोड ११ लाख ५५ हजार,ज्योति विकास बैंकले २० करोड १ लाख ६१ हजार,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १९ करोड ७६ लाख ३५ हजार र महालक्ष्मी विकास बैंकले ११ करोड ८४ लाख ६७ हजार नाफा कमाएका छन् । साथै, समीक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकले ३ करोड ३४ लाख ६१ हजार नाफा कमाएको छ।

प्रकाशित मिति : November 1, 2026 at 2:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/