हिमालयन बैंकको मोबाइल र इन्टरनेट बैंकिङ सेवा बन्द
१६ कात्तिक, काठमाडौं । हिमालयन बैंक लिमिटेडकाे मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा अस्थायी रूपमा अवरुद्ध भएको भएको छ । बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणालीमा आवश्यक मर्मतसम्भार तथा स्तरोन्नति (मेन्टिनेन्स एन्ड अपग्रेड) को काम भइरहेकाले उक्त सेवा अस्थायी रूपमा अवरुद्ध भएको जानकारी दिएको हो ।

बैंकका अनुसार प्रणालीको मर्मतसम्भार तथा स्तरोन्नतिको काम पूरा भएपछि सेवा पुनः सञ्चालनमा आउनेछ । सेवा पुनः सञ्चालनमा ल्याउन बैंकको प्राविधिक टोली निरन्तर काम गरिरहेको सूचनामा उल्लेख छ । सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । साथै, सेवा छिट्टै पुनः सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै ग्राहकलाई सहयोग र सहकार्यका लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : November 2, 2026 at 11:43 am










