१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

काठमान्डुविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोखार्जविरुद्ध कर्णाली याक्सीले पहिले ब्याटिङ गर्ने भएको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।

एनपीएलमा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ। काठमाडौं भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।

प्रकाशित मिति : November 2, 2026 at 12:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/