बिगमार्टबाट ४१५ रुपैयाँको तेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ
१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

उनले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।
प्रकाशित मिति : November 2, 2026 at 11:58 am










