रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
४ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि बैशाख २८ गतेदेखि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२:१०












