१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

युनिलिभर नेपालले घोषणा गर्यो लाभांश

१६ कात्तिक, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १३ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश आगामी साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ९ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : November 2, 2026 at 9:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/