१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

१६ कात्तिक, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश कम्पनीकाे साधारण सभाले अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित मिति : November 2, 2026 at 11:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/