८ असार २०८३, सोमबार | Mon Jun 22 2026

थवाङमा -५ मा गठबन्धनलाई हराउँदै माओवादी प्यानल विजयी

१ जेठ, रुपन्देही । स्थानीय तह निर्वाचनमा रोल्पाको थवाङ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपासहित नेपाली कांग्रेस, नेकपा एमालेको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।

विप्लव समूह, कांग्रेस, एमालेको गठबन्धनबाट दलजीत रोकामगर र उपाध्यक्षमा रायनबहादुर पुन मगर उठेका थिए । माओवादीका उम्मेदवार ऋषिकेशव बुढामगरको मत २१२२ हुँदा रोकामगरको १५०६ मत भएको थियाे ।

त्यसैगरी उपाध्यक्षमा माओवादीकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएकी छन् भने उनको निकटतम प्रतिस्पर्धी कांग्रेस९एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७ मत ल्याएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 5:07 pm