८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भारतीय प्रधानमन्‍त्रीको स्‍वागतमा शृङगारियो लुम्‍बिनी, सुरक्षा घेरामा कडाई

१ जेठ माठमाडौं । भारत प्रधानमन्‍त्री नरेन्‍द्र मोदीको सवार लिएर आउन लागेको सवारकोलागी दुई वटा हेलिकप्‍टर नेपाल लुम्‍बिनीमा आएको छ । भारतिय सुरक्षा फौजसहितको टिम लुम्‍बिनिमा हेलिप्‍याद जाँच गर्नकोलागी आएको र सुरक्षा जाँच पछी फर्किएको छ । त्‍यसैगरी बारतिय सुरक्षा निकाय र सञ्चारकर्मीहरु लुम्‍बिनी आइपुगेका छन्‌ ।

मोदी २५६६ औं बुद्ध जयन्‍ती सँगै लुम्‍बिनी दिवस २०७९ मनाउनकोलागी आउन लागेका हुन । लुम्‍बिनी स्‍थित तयारीमा पाँच हजार जना बढी अट्‍ने क्षमताको अन्‍तराष्‍ट्रिय बौद्ध कन्‍फरेन्‍स को तयार बनाएको छ ।

लुम्‍बिनी केन्‍द्रको कार्यक्रमतालिकामा उद्‍घाटन प्रधानमन्‍त्री शेरबहादुर देउवाले गर्ने र सोही हलमा हुने कार्यक्रमलाइ विशेष गरी मोदीले सम्‍बोधन गर्ने योजना रहेको छ । कार्यक्रममा दुवै प्रधानमन्‍त्री देउवा र मोदीले मायादेवी मन्‍दिरमा पूजा अर्चन गरेपछी कार्यक्रम प्रारम्‍भ हुनेछ ।

प्रकाशित मिति : May 15, 2022 at 11:13 am