४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

अष्ट्रेलियामा हुने दोस्रो गिरीश च्याम्पियनसिप -२०२२ खेल तालिका सार्वजनिक

https://www.muktinathbank.com.np/online/loan-application

२९ चैत, एडिलेड । गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो संस्करण गिरीश च्याम्पियनसिप २०२२ अप्रिल १६ र १७मा हुने खेलको तालिका सार्वजनिक गरिएको छ ।

अष्ट्रेलियाका नेपाली भाषी समुदायका फुटवल क्लवहरु समावेश हुने प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १४ टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरी बताउनुभयो ।

जसमा समुह ए मा यति फुटबल क्लव, ब्रदर्शस युनाइटेड फुटबल क्लब, हिमालयन फुटबल क्लब, एडिलेड ड्र्यागन स्पोर्टिङ क्लब रातो समुह बि मा गिरीश इभेन्ट स्पोर्टिङ क्लब(आयोजक टिम), खुकुरी फुटबल क्लब तास्मानिया, द हिमालयन टाईगर
समुह सी मा बेनी फुटबल क्लब(गत बर्षको उप विजेता), एडिलेड ड्र्यागन स्पोर्टिङ क्लब सेतो, एडिलेड खुकुरी फुटबल क्लब, फरएभर योङ्ग फुटबल क्लब समुह डी मा सेन्ट जर्ज नेपाली क्लब (गत बर्षको बिजेता), एडिलेड ड्र्यागन फुटबल क्लब, चन्द्र सुर्य फुटबल क्लबरहेका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार छ हजार अष्ट्रेलियन डलर रहेको प्रतियोगितामा दोस्रोलाई पच्चिस सय अष्ट्रेलियन डलर , तेस्रोलाई एक हजार अष्ट्रेलियन डलर रहेको छ । भने प्रतियोगिताका खेलहरु एडिलेडको स्थानिय न्यु स्पोर्ट स्टीडियममा हुने निर्देशक गिरीले बताउनु भयो ।

प्रकाशित मिति : April 12, 2022 at 6:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/