३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

कर्णालीले चितवनलाई २४ रनले हरायो

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो।

यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो । उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।

चितवनका लागि उसामा मिरले सर्वाधिक २८ रन बनाए। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर कामिल मिशाराले १७ बलमा २५ रन जोडे। कुशल मल्लले १५ बलमा १८ तथा देव खनालले १३ बलमा १४ रन बनाए।बलिङतर्फ कर्णालीका हुसैन तलातले तीन तथा पवन सर्राफ मार्क वाटले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो । हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।

प्रकाशित मिति : November 15, 2026 at 4:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/