सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क २ अर्ब १९ करोड, नाफा कति ?
२९ कात्तिक, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार जीवन बीमा कोष २८.५३ प्रतिशतले वृद्धि भई २६ अर्ब ८३ करोड ३१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष २० अर्ब ८७ करोड ७१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २३.१२ प्रतिशतले बढेर २ अर्ब १९ करोड ४२ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा कुल आम्दानी १८.०४ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ५८ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड ९९ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियाे । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११ रुपैयाँ ९३ पैसाबाट बढेर ११ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा कायम भएको छ ।
प्रकाशित मिति : November 15, 2026 at 4:15 pm










