आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
२९ कात्तिक, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा एक हजार ५ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि एक सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला तीन हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला तीन हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : November 15, 2026 at 10:58 am










