३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

रिलायबल लाइफकाे नाफा २२ करोड ९० लाख, अन्य सूचक कस्ता ?

२९ कात्तिक, काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३५.३१ प्रतिशतले बढेको छ । चालु आवको असोजसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । याे नाफा अघिल्लो आवको यही अवधिकाे तुलनामा ११.३९ प्रतिशतले कम हाे । अघिल्लो आवको यही अवधिमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : November 15, 2026 at 2:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/