चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ
२९ कात्तिक, काठमाडौं । चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् ।
उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा शंका लागेर थप सोधपुछ गर्दा उनीहरूले मोटरसाइकल चोरी गरेको खुलेको छ । उनीहरुविरुद्ध चोरीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति : November 15, 2026 at 3:39 pm










