राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता ?
२९ कात्तिक, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियाे ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५० करोड ४६ लाखखुद बीमाशुल्क संकलन गरेकाे थियो। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४० करोड ५४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। कम्पनीले लगानी तथा कर्जाबाट ५९ करोड आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ५ करोड ३३ लाख रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। याे अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी २.६८ रुपैयाँबाट घटेर ३.६२ रुपैयाँ ऋणात्मक भएको छ।
प्रकाशित मिति : November 15, 2026 at 3:24 pm










