४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

दुवाथलनको उपाधि हिमाल र हिराकुलाई

https://www.muktinathbank.com.np/online/loan-application
२० चैत, काठमाडौं । नेपालका हिमाल टमाटा र जापानकी हिराकु फुकुओका पोखरामा जारी एसिया ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तर्गत भएको दुवाथलनको उपाधि जित्न सफल भएका छन् ।

टिभिएस अपाचेको प्रायोजन रहेको च्याम्पियनसिपको पाँच किलोमिटर रनिङ, २० किलोमिटर साइक्लिङ र २ दशमलव ५ किलोमिटर रनिङको दूरी हिमालले ४५ मिनट ५४ दशमलव २९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन् ।

यस्तै हिराकुले सो दूरी १ घन्टा १ मिनट १० दशमलव ६५ सेकेन्डमा पूरा गर्दै स्वर्ण कब्जा गरेकी हुन् । नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोस्राे र वसन्त थारु तेस्राे भए । मानबहादुरले ५५ मिनट १ दशमलव ०७ सेकेन्डमा र थारुले ५८ मिनट २५ दशमलव ३१ सेकेन्डमा दूरी पार गरेका हुन् ।

यस्तै, महिलातर्फ भारतकी स्नेहाल जोशीले १ घण्टा ६ मिनट ५६ दशमलव  ८४ सेकेन्ड र नेपालकी इन्द्रकला नेम्वाङले १ घन्टा ७ मिनट ३३ दशमलव ९४ सेकेन्डमा दूरी पार गर्दै रजत र कास्य पाए ।

विजयी खेलाडीहरूलाई गण्डकी प्रदेश सांसद एवं नेपाल ट्राइयाथलन संघका उपाध्यक्ष दीपक कोइराला, गण्डकी प्रदेश खेलकुद् परिषद्का सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, खेलकुद पत्रकार केशव पाठक लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : April 3, 2022 at 12:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/