२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू

३ पुस, धनकुटा । धनकुटामा शनिबारदेखि प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ। धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरू भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका सुरू भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका हुन् ।

प्रतियोगितामा खुला, महिला पुरुष खुला, पुरुषतर्फ अन्डर-१७, महिलातर्फ अन्डर-१७, ४५ वर्षमाथिका र ५५ वर्षमाथिका गरी ६ विधामा खेल हुने आयोजक समितिका अध्यक्ष यज्ञश्वर श्रेष्ठले बताए । प्रतियोगितमा खुलामा ३२ टिम, महिला पुरुष खुलामा १८ टिम, पुरुष अन्डर-१७ मा ३४ टिम, महिलातर्फ अन्डर १७ मा १२ टिम, ४५ वर्ष माथिकामा १९ टिम र ५५ वर्ष माथिकामा १३ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा खुलातर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला पुरुष खुलातर्फ प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यता, पुरुष र महिलातर्फ अन्डर-१७ का प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ४५ वर्षमाथिका प्रथम दोस्रो र तेस्रो टिमले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् भने ५५ वर्ष माथिका प्रथम दोस्रो र तेस्रो टीमले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति : December 18, 2021 at 3:56 pm