१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाली कांग्रेसका नेता बर्मा लामा ६ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ

१९ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता बर्मा लामा ६ लाख रुपैयाँसहित जुवा खालबाट पक्राउ परेका छन । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति समेत रहेका लामासहित अन्य १८ जना जुवाडे पनि पक्राउ परेका छन ।

विशेष सूचनाका आधारमा काठमाडौँको बौद्धमाम प्रहरीले छापा मार्दा लामासहित १८ जना पक्राउ परेका हुन । बिहीबार राति जुवा खेलिरहेको अवस्थामा बौद्धस्थित नयाँ बस्तीमा प्रहरीले छापा मारेको थियो । जुवा खेलाउने काममा सहभागी भएका सागर लामा फरार भएको र उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १२:०४