२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट यसकारण दर्ता भएन

१९ कात्तिक, काठमाडौँ। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीका तर्फबाट आज दिएको रिट सर्वोच्च प्रशासनले दर्ता गरेन ।

कार्कीका तर्फबाट वारेसमार्फत पेस गरिएको रिट सर्वोच्च अदालतमा अध्ययनकै क्रममा रहेका कारण दर्ता नभएको उनका अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिए।

 

यो रिट शुक्रबार दर्ता हुन सक्ने सम्भावना छ। तर शुक्रबार दर्ता भए पनि सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ।

सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा।मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका थिए।

मन्त्रिपरिषद्को निर्णय अनुसार डा। मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित मिति : November 5, 2026 at 7:47 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/