सार्वजनिक बसमा महिलालाई अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
२० कात्तिक, काठमाडौं । सार्वजनिक बसमा अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-९ मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, २४ वर्षीय अनिल नाथ र सोही नगरपालिका-३ तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन् ।
काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको सु.प.प्र.०२-००१ ख १५६३ नम्बरको रात्रि बसमा सवार महिला यात्रुलाई मंगलबार हातपात तथा अभद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 6, 2026 at 12:20 pm










