२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सत्तारूढ दललाई एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन महासचिव पोखरेलको चुनाैति

१५ काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन ।

सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिए । उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाए ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताए । उनले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘एमालेको बिरुद्धमा एउटा गठबन्धन तयार छ, त्यो गठबन्धन उसले अरु केही गरेको छैन, संविधान र कानूनहरुलाई ठाडो उल्लंघन गरेको छ, मूल्य मान्यताहरुलाई ठाडो उल्लंघन गरेको छ, राजनीतिक अस्थिरता सिर्र्जना गरेको छ, उसले औपचारिक ढंगले प्रारम्भ गरेको छ, हामीले विकास निर्माणका प्रारम्भ गरेका योजनाहरु झन्डै पौने चारसय अस्पताल, जसको शिलान्यास भइसकेको थियो, जसको टेण्डर लागिसकेको थियो, ती अस्पतालहरुको निर्माण रोकेको छ, रणनीतिक महत्वका १४ सय बढी सडकहरु प्रारम्भ भएको थियो त्यो सबै रोकेको छ, यतिबेला अहिलेको गठबन्धन सरकार संविधान र कानूनको विपरित् मूल्य मान्यता, राष्ट्रिय हीतको बिपरित् विदेशीहरुको सामुन्नेमा घुँडा टेकेर लाज नमान्ने गरी प्रश्तुत भएको छ, विकास निर्माणका कामलाई अवरोध गरेको छ, हामी त्यसको घोर निन्दा र भत्र्सना गर्दछौँ, अहिले एमालेको बिरुद्धमा गठबन्धनको संयुक्तढंगले प्रतिष्पर्धा गर्ने कुरा गर्दैछन्, म भन्न चाहन्छु, एक्ला एक्लै आउने हिम्मत छ भने आउ, यदि सक्दैनौ भने गठबन्धन बनाएर भएपनि आउ, एमाले एक्लैले त्यसको सामना गर्छ, हिजोभन्दा पनि एमाले सशक्त ढंगले बगाडि बढ्नेछ ।’

महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताए । उनले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताए ।

प्रकाशित मिति : November 1, 2021 at 7:42 pm