४ वर्ष रवि बालेनका साक्षी मात्र हुन्ः गोकुल बास्कोटा
२० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपा सभापति रवि लामिछाने ४ वर्षका लागि बालेनका साक्षी मात्रै भएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले चुनावमा जनताले बालेनलाई सोझै प्रधानमन्त्री चुनेको उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘चुनावमा जनताले व्यवस्था नभए पनि बालेनलाई सोझै प्रम चुनेका हुन। तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन। र,यो नयाँ होइन। पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ। बिपी मातृकादेखि आजसम्म-यत्रतत्र सर्वत्र।’
प्रकाशित मिति : November 6, 2026 at 11:41 am








