२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी पेश

१५ कात्तिक, विराटनगर । प्रदेश १ मा बहुमत सांसदको हस्ताक्षरसहित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै  राईले  ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।मुख्यमन्त्री भीम आचार्यले सोमबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने भएका छन् । सपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : November 1, 2021 at 5:13 pm