६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

३ कात्तिक, काठमाडाैँ । बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई दशमलव ०६ अंकले बढेको छ।

बुधबार प्रि-ओपन सेसनमा २९ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : October 20, 2021 at 11:16 am