६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

मध्य भोटेकोशी जलविद्युतको आइपीओ खुल्याे, कति दिने आवेदन ?

२० असाेज, काठमाडाैँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीकाे साधारण सेयर (आइपिओ) आजबाट निस्कासन भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसको आवेदन दिने अन्तिम समय असोज २५ गतेसम्म रहेको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : October 6, 2021 at 9:06 am