५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

सेयर बजारमा ११४ अंकको पहिरो, नेप्से परिसूचक २६९८ मा झर्याे

४ असाेज, काठमाडाैँ । सेयर बजारमा सोमबार ११४ अंकको पहिरो गएको छ। याेसँगै परिसूचक २७ सयमुनि झरेको छ। आजको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भएको छ।

यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको काराेबार भएको छ। सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्।

चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ। लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ।

यस दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ।

सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १६:०६