प्रधानमन्त्री ओलीको हत्या गर्न तयार छुः कांग्रेस सांसद वैद्य (भिडियोसहित)
२८ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बतउनुभएकाे छ । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो ।
उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । उहाँले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से भन्न तयार रहेको अभिव्यक्ति दिनुभएको हो ।
यो पनि पढ्नुहोस्
-प्रधानमन्त्रीकाे हत्या गर्न तयार रहेकाे अभिव्यक्ति फिर्ता लिन वैद्यलाई भट्टराईको आग्रह
-ओलीको हत्या गर्ने कांग्रेस सांसदको चेतावनीपछि बाँस्कोटाको अपिल, एमालेहरू सचेत बन
-केपी ओलीको रक्षाका निम्ति जे गर्न पनि तयार छौँः पूर्वमन्त्री बस्नेत
-वैद्यलाई गिरफ्तार गरेर तत्काल कारबाही गर्नुपर्छः अध्यक्ष मैनाली
-कांग्रेस सांसद वैद्यलाई रमेश पाैडेलको प्रश्नः तपाईंलाई हामी युवाले किन कार्वाही नगर्ने ?
-केपी ओलीका लागि लाखौँ युवा ज्यान हत्केलामा राखेर ढाल बन्न तैयार छनः अध्यक्ष पौडेल
उहाँले राजेन्द्र महतोसहितका नेतालाइ मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने बताउनुभयो । उहाँले ओलीलाइ अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन् आफू बन्न तयार रहेको बताउनुभो ।
उहाँको अभिव्यक्ति तल सुन्नसुक्नुहुन्छ ।
प्रकाशित मिति : 21:52









