ओलीको हत्या गर्ने कांग्रेस सांसदको चेतावनीपछि बाँस्कोटाको अपिल, एमालेहरू सचेत बन
२८ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका सांसदले संसदको रोष्टमै उभिएर प्रधानमन्त्रीको हत्याको चेतावनी दिएकोप्रति आपत्ति जनाउँदै कांग्रेसको आधाकारिक धारणा माग्नुभएको छ । समाजिक सञ्जाल मार्फत वैद्यको अभिव्यक्तिको निन्दा गर्दै उहाँले एमाले जनतामा सचेत बन्न पनि अपिल गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘केपी ओली नमारे काङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छरुओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैनरु काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।’
बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको थियो । उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । उहाँले महात्मागान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से भन्न तयार रहेको अभिव्यक्ति दिनुभएको हो ।
उहाँले राजेन्द्र महतोसहितका नेतालाइ मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने बताउनुभयो । उहाँले ओलीलाइ अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन् आफू बन्न तयार रहेको बताउनुभो ।
प्रकाशित मिति : 22:15









