२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

४६ प्रतिशतले बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, कस्ता छन् अन्य सूचक ?

२२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा करिब ४६ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६ करोड ३७ लाख रुपैयाँ नाफा थियो ।

गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा यस्तो आम्दानी बढेर २ अर्ब ७५ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीले ६५ हजार ४९९ वटा पोलिसि बिक्री गरेको छ । कम्पनीमा सक्रिय बीमितको संख्या ३ लाख ८३ हजार ३६४ जना पुगेका छन् । कम्पनीले १२ अर्ब ८५ करोड ६० लाख रुपैयाँ दिर्घकालका लागि लगानी गरेको छ भने ८ अर्ब २१ करोड रुपैयाँ अल्पकालका लागि विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

कम्पनीको जीवन बीमा कोषमा १९ अर्ब ७१ करोड २१ लाख रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तसम्म कोषमा १४ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी ७.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२०.१८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : November 8, 2026 at 1:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/