२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

दैलेखमा एकै घरका पाँच जनामाथि हँसिया प्रहार, एक जना पक्राउ

२२ कात्तिक, काठमाडौं । दैलेखको एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजेतिर छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पसेर परिवारका सदस्यमाथि अन्धाधुन्ध हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका हुन् ।

रावतको आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका छन्।

यस्तै, सुत्केरी तिलाकी ३ महिनाकी नाबालिका छोरी जानकी रोक्का मगरसमेत घाइते भएकी छन्।  घाइते मध्ये बीमाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकी लगिए पनि बीमालाई भने थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ ।

प्रकाशित मिति : November 8, 2026 at 1:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/