२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

केपी ओलीका लागि लाखौँ युवा ज्यान हत्केलामा राखेर ढाल बन्न तैयार छनः अध्यक्ष पौडेल

२८ जेठ, काठमाडौँ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि लाखौँ युवा ज्यान हत्केलामा राखेर ढाल बन्न तैयार रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमै प्रधानमन्त्रीको हत्याको धम्की दिएपछि युवा संघका तर्फबाट अपिल गर्दै उहाँले लाखौँ युवा ज्यान हत्केलामा राखेर ढाल बन्न तैयार रहेको बताउनुभएको हो । उहाँले लड्नै मन भए मैदनमा आउन वैद्यालाइ चुनौति पनि दिनुभएको छ ।

अध्यक्ष पौडेलले विज्ञप्ति यस्तो छ

नेपाली काङ्रेशका बागमती प्रदेश सभा सदस्य नरोत्तम बैधको अभिब्यक्तीले राजनीतिक संस्कार र सभ्यताको धज्जी उडाएको छ । यो अभिब्यक्ती पूर्ण रुपमा अपराधिक मनोब्रितीबाट प्रकट भएको देखिन्छ जुन अत्यन्त निक्रिश्ट र खेदजन्य छ । आफ्नो चरित्र र मनोब्रिती आँफै ओकल्ने दुस्साहस गरिरहंदा हेक्का गरिराख तिमीले त आफ्नो चरित्र उजागर गरि छाड्यौ गोड्सेसंग तुलना गरेर यो पनि याद राख्नु कि केपी शर्मा ओलीका लागि लाखौं युवाहरु ज्यान हत्केलामा राखेर ढाल बन्न तैयार छन,तिम्रो जस्तो नियतलाई क्षण भरमै खरानी बनाउन सक्नेछन।तिमीलाई ईन्च(ईन्चमा टेक्ने धरातल भेट्न मुस्किल हुनेछ । गोड्सेनै बन्ने रहर छ भने मैदानमै भेट होला तिम्रा अगाडी पछाडी को(को लाग्नेछन त्यो पनि हेरौला । युवा आक्रोशको भेलले समात्नु अगावै तत्काल यिन्को मानसिक उपचार होस ,सद्धे प्रमाणित भए हत्कडी लगाइयोस ।

प्रकाशित मिति : 22:32