२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

वैद्यलाई गिरफ्तार गरेर तत्काल कारबाही गर्नुपर्छः अध्यक्ष मैनाली

२८ जेठ, काठमाडाैँ । नेकपा (एमाले) नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशसभा सदस्य बद्री मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याका लागि तयार छु भनेर अभिव्यक्ति दिने कांग्रेस सांसद नरोत्तम वैद्यलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँले वैद्यको अभिव्यक्ति लगत्तै सदनमा कुरा उठाउन खोजेपनि उपसभामुख राधिका तामाङले नदिएको भन्दै रोष प्रकट गर्नुभयो । अध्यक्ष मैनालीले वैद्यको अभिव्यक्तिको जति निन्दा गरे पनि नपुग्ने भन्दै माफी मागेर मात्र नहुने र ज्यान मुद्दा चलाउनुपर्ने बताउनुभयो ।

कांग्रेसका सांसद बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बतउनुभएको थियो । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भागलिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो ।

उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना भैरहेको छ । उहाँले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से भन्न तयार रहेको अभिव्यक्ति दिनुभएको हो ।

प्रकाशित मिति : June 11, 2021 at 11:36 pm