२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

सञ्चार मन्त्रालय अन्तगर्तका १३ जनाले पाए नियुक्ति बदरको पत्र (सूचीसहित)

२४ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १३ जनाको नियुक्ति बदरको जानकारी गराएको छ । मन्त्रायले पत्र नै दिएर उनीहरुलाई नियुक्ति बदरको पत्र थमाएको हो ।

सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले पत्र काटेको हो ।

नियुक्ति बदरहुनेहरू 
१. नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा

२. नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य हेमकुमार श्रेष्ठ

३. गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय

४. न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली

५. न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोविन्दबहादुर कोइराला

६. न्युनतम पारिश्रमिक निर्धारण समितिका विमला भण्डारी

७. चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल

८. चलचित्र विकास बोर्डका सदस्य विजय देउजा

९. सेन्सर बोर्डका सदस्य उमेश खड्का

१०. सेन्सर बोर्डका सदस्य देवीराम पराजुली

११. नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार

१२. राससका सञ्चालक समिति सदस्य एकराज पाठक

१३. नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धिताल

प्रकाशित मिति : २४ असार २०७५, आईतवार १६:१९