नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रालि बीच सम्झौता
१८ कात्तिक, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९० औं वार्षिकोत्सवको अवसरमा बिएनपिएल प्लेर्टफर्ममा आबद्द भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दिमा सामान खरिद गर्न सक्ने सुविधाको शुरुवात गरेको छ ।
नेपाल बैंक लि. र फिन्तारा सोलुसनस् प्रा.लि. बिच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले “बाई नाउ पे लेटर” सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् ।

यस सुविधा अन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवाशुल्क लाग्ने छैन । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाण्डौमा कार्तिक १६ गते भएको कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदिप कुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष कुमार शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंक लिमिटेड यहि कार्तिक ३० गते ९० औं बर्षमा प्रवेश गर्दैछ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
प्रकाशित मिति : November 4, 2026 at 5:11 pm










