१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

‘हामीसँग त केवल गफ, ढाँट्ने कला, बेइमानी र देश सराप्तै विदेशीने मति मात्रै रहेछ’

-प्रा डा युवराज संग्राैला

हामी किन यति धेरै कमजोर भयौँ ?

जब रास्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ–त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव हुन्छ। यो सन १९१२मा पेकिङ्ग बिश्वबिधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो। त्यसबेलाको चीन अहिलेकोको नेपाल जस्तै थियो, झन्डै झन्डै । अनेकखालका बिदेशी एजेन्टहरु चिनमा अनेक किसिमका खेलहरु खेली रहेका थिए। जर्मनलाई हराएर जापानले चिनको सान्डोङ्ग प्रान्त आफ्नो हातमा पारेको थियो। क्रीस्चियन मिसनरीहरु गरिब चिनियाँलाई पैसा दिएर रिलिजन परिबर्तन गराइरहेका थिए। प्रथम बिश्वयुद्ध सकिएको थियो, र पेरिसमा शान्ती सम्मेलन हुँदा चिनियाँ प्रतिनिधीहरुले अपमानजनक सन्धिमा हस्ताक्षर गरे, जस्ले चीनमा आन्दोलनको आंधिहुरी निर्माण गर्यो, तेस्ले चीनमा देशवादको चेतना निर्माण गर्यो। अमेरीकाले चीनलाई सहयोगको आस्वासन दियो, तर गरेन। उस्को आफ्नै स्वार्थ थियो। तयसबेला एकजाना प्राध्यापकले भनेका थिए, संकट बाट रास्ट्रलाई बाहिर निकाल्न परम्पराबादी सोचले सक्तैन नयाँ बिचारको आवस्यक्ता पर्छ, तर त्यस्बेला चीनमा नयाँ बिचार थिएन। देश युद्ध सरदारहरुको अराजकतका मा थियो,र अधिकांश बुद्धिजिबि पनि अवसरबादी, अहिलेको नेपालमा जस्तै। नेपालको अवस्था अहिले तेसबेलाको चीनको अवस्था जस्तै छ।

१. मानव सभ्यताको इतिहासको बिश्लेषणले के देखाउंछ भने कृषि क्रान्तिको चरणमा प्रवेश गरेको मानिसले आफ्ना ठुलठुला समुहलाई एकीकृत राख्न “अनेक कल्पित अवधारणा” निर्माण गर्दै गयो र त्यसैक्रममा राज्य र राजाको अवधारणाको पनि निर्माण गर्‍यो। लाखौं लाख मानिस आवद्ध गर्न साम्राज्यको अवधारणा करिब ४००० बर्ष पहिला गर्‍यो। साम्राज्यलाई धन र शक्तीको आवश्यकता हुन्थ्यो। तब युद्धको प्रचलन आयो। तब रिलिजनलाई साम्राज्यको औचित्यता पुष्ठि गर्ने साधनको रुपमा बिकास गरियो–साम्राज्य र सम्राट नै रिलिजनका संरक्षक बने। रोमन क्याथोलिक चर्चले पोर्चुगलका राजा अल्फान्सोलाई रोमनास पोन्टिन्फ्याक्स जारी गर्दै भने “असभ्यहरुलाई समाप्त पार र उनीहरुको धन लुट।” तब १६ औं शताब्दीबाट आयो संसारमा उपनिवेशवादको लुट, आमहत्या, र अत्याचार। साम्राज्यवादले उपनिवेशवाद द्वारा भ्रष्ट पुजीवादलाई जन्मदियो। पुंजिवादले उपभोक्तावादलाई जन्म दियो। इतिहासविद हरारी भन्छ्न, मानव सभ्यतामा पछिल्लो १०००० बर्ष आफैमा एउटा “सफेद ठगी” थियो।

२. सन १९४५ मा अमेरिकाको न्युमेक्सिकोको मरुभूमिमा जब एटम बम परिक्षणका लागि पहिलो डिटोनेट (विस्फोट) गरियो, तेस्का बैज्ञानिक ओपेनहाइमरले भगवत गीताको शोल्क संझिय र उच्चारण गरे “म मृत्यु हुं। अब म संसार ध्वस्त गर्छु।” यहि बम जापानमा खसाल्ने कुरा भयो। बैज्ञानिकहरुले त्यसो नगर्न अनुरोध गरे। वासिङ्टनका रणनीतिकारहरुले भने “हामी लाखौं अमेरिकी सेनाको बलि चडाउन सक्तैनौं। तब हिरोसिमा र नागाशाकीमा एटम बम फुट्यो।लाखौं निर्दोश मानिसको ज्यान लियो, तेस्ले। आज २१ औं शताब्दीमा पनि “इम्पेरियल मिसन” जीउँदै छ। यस्लाइ पनि धन र गौरव चाहिएकै छ।

३. औधोगीक क्रान्तिले मेसिनको प्रयोगबाट बस्तुहरु उत्पादन गर्न शुरु गर्‍यो। यसकालागि धन चाइन्थ्यो तब ब्रीटिस, फ्रान्स लगायतका साम्राज्यवादिहरु धन लुटने अभिष्ट बोकेर एसिया लगायतका देशमा पसे। असीमित धनलुटे। उता उनिहरुका गाउँबाट मानिस शहर पसे। उद्योगका मालिकले उनीहरुका आफनै गरिब मानिसको पनि चरम शोषण गरे।काम्दार पुगेनन त्यसैले दास ब्यापार शुरु गरे। लाखौं मानिसको हत्या गरे। अफ्रीकालाइ दास उत्पादन गर्ने भुमिमा परिणत गरे। नेपाल जस्तो सानो देश ब्रीटिस साम्राज्यवादको रक्षा गर्ने सिपाही उत्पादन गर्ने देशमा परिणत गरे। हाम्रो इतिहास र गौरव नस्ट गरिदिए। हामी अरुमाथी अत्याचार गर्ने साम्राज्यवादको रक्षा गर्ने खताला बन्यौं। गोर्खा रेजिमेन्टको नाममा “लाहुरे” संस्कृति निर्माण गरिदिए। नेपालमानकृषि उत्पादन गर्ने युवा ब्रीटिसका भाडाका सेना बनाइए। नेपालमा उपनिबेशको भौतिक अस्तित्व थिएन तर नेपालको जनसंख्या उपनिवेशमा परिणत भयो यसरि। तर यो कलंक समाप्त गर्ने शाशक देशले अहिले सम्म पाएन।

४. नेपालका शासकलाई कहिले पनि के हेक्का भएन भने, नेपालको कृषि आधुनिकिकरण नगरी देशमा समृद्धि निर्माण गर्न सकिन्न। तेतिमात्र होइन नेपालको कृषि समाप्त पार्न, नेपाली युवा लाई डाइभर्सिटि भिसा, बैदेशिक रोजगार, र स्थाइ बसोबास भिसा दिएर बिदेश लगीन्छ। इराकमा आक्रमण पछि अरब पश्चिम को पुर्ण अधीनमा आयो। युरोप र अमेरीकालाई सस्तो जनशक्ति चाहियो, तेसैले बैदेशिक रोजगारको बिष निर्माण गरियो। तेस्कैलागि नेपालमा नवउदारबाद लागू गरि देशमै रोजगारी दिने सबै उद्योग लिलाम गर्ने षड्यन्त्र बिदेशीले गराइदिए। दुइचार बर्षमै सबै उद्योग समाप्त पारीदिए। अहिले देश ज्ञान र मानिसको खडेरीको सामना गर्न बाध्य छ। राजनितिक नेतृत्व आज पनि अन्धकारमा छ। गाउँ रित्ता छ्न, जमिन बांझा छन, माफियाहरु गाउँका भित्र पनि डोजर लगाएर प्लटिङ्ग गर्दै छन, मन्त्रीज्यु किसानका हातमा पैसा पुग्ने नीति निर्माण गर्दै हुनुहुन्छ तर पार्टी दोएर खानेहरु नक्कली संस्था बनाएर राज्यले दिएको अनुदान पच पारिरहेका छ्न। अहिले कोरोनाको कहर छ, तबपो थाह भयो हामी त क्षमताको शुन्यमा रहेछौं। हाम्रा बिश्वबिधालयहरुको भुमीका देखिइयो। १०/१२ वटा मेडिकल कलेजमा के अनुसन्धान भैरहेको छ? मेडिकल शिक्षा पनि शुन्य रहेछ। हाम्रा ठुला ब्यापारी र मानिसको जिवनमा पो ब्यापार गर्दा रहेछ्न।

५. कृषिको आधुनिकिकरण नभै औद्योगिक क्रान्ति हुँदैन भनेर सामान्य मानिसको माया गर्ने बिज्ञहरु भन्छन। तर हाम्रो त बिकासको जग कृषिनै ध्वस्त भएछ। हामी सङ्ग एनआरएन छ्न। हामी सङ्ग एनजिओ छ्न। हामी सङ्ग पार्टी छन। तर हामीसङ्ग अनुशासन रहेनछ। हामी सङ्ग कुन्ठित मनिबृतीका बिज्ञहरु रहेछन, हामीसङ्ग भ्रस्टाचार गर्ने अनेक उपाय रहेछ्न, हामी सङ्ग नैतिकता रहेनछ, तेसैले हामी सङ्ग गरिबी रमाउंदो रहेछ।

६. सन १९१२ मा चिनियाँ एक प्राध्यापकले भनेका थिए, “चीनको निर्माण गर्न एक बलियो दिमाग र बलियो दिमाग भएका बुद्धिजीवीको आवश्यकता छ। हामी इम्परियल मिसन र समृद्धि दुइधारमा छौँ। हामीले बिदेशीको हस्तक्षेप र लम्पट प्रवृत्ति समाप्त गर्नुपर्छ।” माहात्मा गान्धीले देशमा उत्पादन र उद्धम बढाउन चर्खा आन्दोलन गरे। भारत पनि धानी भयो, उस्ले कोरोना जांच गर्ने आफ्नो मसिन आफै बनायो। हामी सङ्ग न बिज्ञान छ न उन्नत संस्कृति। हामी सङ्ग त केबल गफ, ढाटीकला, बेइमानि र देश सराप्तै बिदेशीने मति मात्रै रहेछ। हामी बिदेशी लादेका रणनीतिक जोखिम बोक्न बाध्य छ। हाम्रा शासकहरुमा साम्राज्यका चाल बुझ्न पारख छैन। हाम्रो देशभक्ति ओइलाएको छ। हामी भ्रमबाट ग्रसित छौँ। हामी आधा मृत्यु जस्तो निन्द्रा निदाइरहेका छौँ । अब जागौं र केही गरौँ । अझै पनि केही गर्न सकिन्छ।

प्रा डा संग्राैलाले यो उहाँको फेसबुकमा पोस्ट गर्नुभएको विचार हो । 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार ०७:१६