२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

कोरला नाकाबाट भित्रिएका थप ७७४ विद्युतीय गाडी नियन्त्रणमा

२१ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।

मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए । यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 10:37 am