करोड ठगेर भागे नुवाकोटका नेपाल, विचल्लीमा परेकाहरू प्रहरीको शरणमा
१८ जेठ, नुवाकोट । नुवाकोट डेरीका सञ्चालक वासुदेव नेपालले किसानहरूलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा जाहेरी दर्ता भएको छ । विदुर नगरपालिका वडा नम्बर ४ को पुरानो बजारमा डेरी सञ्चालन गर्दै आएका नेपालले करोडौँ रूपैयाँ ठगेको भन्दै प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।

केही दिनअघिसम्म नुवाकोटमै रहेका नेपालले सात दिनदेखि सम्पर्कबिहीन भएको उजुरीकर्ताहरूले बताएका छन । उनीहरूले नेपालका भाइ नाता पर्ने फरक डेरी सञ्जाल गर्ने रामशरण नेपालाई समेत प्रहरीको कार्यालयमा उपस्थित गराएर छलफल गराउन माग गरेका छन ।
ठगिएका मध्ये २६ जनाले सामूहिक जाहेरी दिएका छन । उनीहरूले नेपालद्धयलाई पक्राउ गरेर न्याय दिलाउने काममा सहयोग गरिदिन प्रहरीसँग अनुरोध गरेका छन । उजुरी अनुसार २६ जनाको मात्रै २ करोड भन्दा बढी रकम देखिन्छ ।
यही जेठ १७ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको जोहरीमा मानिस झिकाइ नियमानुसार कारबाही गर्न कार्यालय प्रमुखले तोक समेत लगाइदिएका छन । प्रहरीले नेपालको खोजी सुरू भएको जनाएको छ ।



प्रकाशित मिति : June 1, 2026 at 10:18 pm









