कांग्रेस बारा सभापति यादव निलम्बित
२१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । गत फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा यादवविरुद्ध उजुरी परेको थियो ।
बिहीबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरेको पार्टीका सचिव दिनेश थापामगरले जानकारी दिए ।
विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम उनलाई कारबाही गरिएको जनाइएको छ ।

प्रकाशित मिति : June 4, 2026 at 6:03 pm









