१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मदन भण्डारीको स्मृति दिवस पारेर भोलि साँझ ५ बजे एमाले–माओवादी एकताको घोषणा

२ जेठ, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः भोलि नै पार्टी एकताको घोषणा गर्ने भएका छन । भोलि जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । भोलि साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।

नेकपा एमालेका एक जनाले उपाध्यक्षले दैनिकीसँग भने भोलि दिउँसोसम्म कुनै नाटकीय घटना भएन भने पार्टी एकता हुन्छ । उनका अनुसार विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणमा सहमति जुटेसँगै पदीय भागवण्डा पनि मिलेको छ । नेताहरुले गरेको सहमति अनुसार भोलि नै एमाले–माओवादी विघटन गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छ ।

पार्टीको चुनाव चिन्ह रहने विषयमा यस अघि नै सहमति भैसकेको छ । नेताहरुको बीचमा भएको सहमति अनुसारको भागवण्डामा केन्द्रीय कमिटीमा एमालेका २४१ र माओवादीका २०० जना सदस्य रहनेछन । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन ।

यो पनि पढ्नुस्

–एमाले–माओवादी भागवण्डा टुंगियो, केन्द्रीय कमिटीमा एमाले २४१ र माओवादी २०० सदस्य रहने

–पार्टी एकताको निर्णय लिन एमाले केन्द्रीय कमिटीको अाकस्मिक बैठक भोलि बिहान ११ बजे

–माअोवादीले पनि बोलायो केन्द्रीय कार्यालयको विस्तारित बैठक, पार्टी एकता निर्णायक मोडमा

–अाेली र प्रचण्डले वालुवाटारबाट यसरी दिए एकताको सन्देश, भोलि संयोजन समितिको बैठक

–माअोवादीले माने जेठ ६ मा पार्टी एकता, छलफलका लागि एमालेले स्थायी कमिटी बोलायो

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार २०:२७