६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

माअोवादीले माने जेठ ६ मा पार्टी एकता, छलफलका लागि एमालेले स्थायी कमिटी बोलायो

२ जेठ, काठमाडाैँ । नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रका बीचमा यही जेठ ६ गते नै पार्टी एकता हुने सम्भावना बढेकाे छ । एमालेका एक पदाधिकारीले दिएको सूचना अनुसार प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अोली सरकारकाे नीति तथा कार्यक्रम अघि नै पार्टी एकता गर्ने मनस्थितिमा देखिएका छन । एमालेले पार्टी एकता लगायतकाे विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक आज दिउसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएको छ ।

बैठकमा पार्टी एकता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण  र जेठ ७ गते सरकारको ल्याउने नीति तथा कार्यक्रमका बिषयमा छलफल हुने जनाइएको छ । पार्टी एकताका बिषयमा विभिन्न खालका टिका टिप्णी अाइरहेका बेला एमाले (एमाले) अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो काठमाडौंमा आयोजित एक कार्यक्रम “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई र तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ ओलीले भनेका थिए ।

प्रकाशित मिति : May 16, 2018 at 11:52 am