प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
१९ कात्तिक, काठमाडौँ । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.४१ अंकले बढेर २६६५.९५ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ४४ लाख ६२ हजार ३३० रुपैयाँ ९० पैसाबराबरको ४५ हजार ३५८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 5, 2026 at 10:56 am










