१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माअोवादीले पनि बोलायो केन्द्रीय कार्यालयको विस्तारित बैठक, पार्टी एकता निर्णायक मोडमा

२ जेठ, काठमाडाैँ । नेकपा माअोवादी केन्द्रले पनि अाजै पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ललितपुरको खुमलटारमा बस्नेगरी बैठक बोलाइएको प्रवक्ता पम्फा भुसालले दैनिकीलार्इ जानकारी दिइन । बैठक अपरान्ह ४ बजे बस्नेछ । बैठकमा एमालेसँग पार्टी एकताको विषयमा छलफल हुने र एकता गर्ने निर्णय लिइने अुनमान गरिएको छ ।

यता एमालेले पनि अाज ४ बजे नै प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएकाे छ । अाज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी अोली र माअोवादी अध्यक्ष प्रचण्डकोबीचमा छलफल भएपछि दुबै पार्टीले महत्वपूर्ण निर्णय लिने गरी बैठक बाेलाएका हुन ।

यो पनि पढ्नुहोस्

–अाेली र प्रचण्डले वालुवाटारबाट यसरी दिए एकताको सन्देश, भोलि संयोजन समितिको बैठक

–माअोवादीले माने जेठ ६ मा पार्टी एकता, छलफलका लागि एमालेले स्थायी कमिटी बोलायो

प्रकाशित मिति : २ जेष्ठ २०७५, बुधबार १३:४७