१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रचण्ड–नेपाल वार्ताः अोलीकाे कुरा काट्न कि साट्न ?

१ जेठ, काठमाडाैँ । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रका बीचमा पछिल्लो समय बैठक र छलफल हुन नसकि रहेको समयमा मंगलबार बिहान पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका बीचमा भेटवार्ता भएकाे छ । अाजैमात्र सञ्चार माध्यमहरूमा एमाले–माअाेवादी एकता प्रक्रिया अघाेषित रूपमा स्थगित भएकाे समाचार सार्वजनिक भएपछि एमाले वरिष्ठ नेता नेपालले पार्टीको विदेश विभागको कार्यालय  तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा प्रचण्डसँग भेट गरेका  थिए ।

अाजै बिहान माअाेवादी केन्द्रका एकता पक्षधर नेताहरूले पनि प्रचण्डलार्इ भेटेर एकता प्रक्रिया चाँडो भन्दा चाँडो टुंग्याउन अाग्रह गरेका थिए । च्यासलमा प्रचण्ड र नेपालका बीचमा भएकाे कुराकानीको भित्री कुरा सार्वजनिक नभए पनि दुबै नेताले कार्यशैलीको विषयलार्इ लिएर अोलीको अालोचना (कुरा काट्ने) काम गरेकाे बुझिएको छ ।

दुबै नेताले पार्टी एकता टुंगाेमा  पुर्याउन विश्वासको वातावरण नभएकाे निष्ककर्ष निकालेका छन ।  प्रचण्ड–नेपाल दुबैले छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल तीव्र पार्ने सहमति भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७५, मंगलवार १४:२४