१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

नेपाल–भारत १६ बुँदे विज्ञप्ति, उच्चस्तरको सहकार्यका लागि २०१८ काे सेप्टेम्बरभित्र सहमति खोजिने

३० वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि नेपाल–भारतले संयुक्त रुपमा १६ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा नेपाल र भारतका प्रधानमन्त्रीले उच्चस्तरको सहकार्य विस्तारका लागि सहमति हुन बाँकी रहेका सबै विषय असोज मध्यसम्ममा टुंगोमा पु¥याउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा सहमति हुन बाँकी विषयमा भने केही उल्लेख गरिएको छैन । विज्ञप्तिमा सबै क्षेत्रमा उच्चस्तरको सहकार्यको उद्देश्यका साथ सहमति हुन बाँकी सबै विषयमा सन् २०१८ सेप्टेम्बरसम्ममा सहमति खोज्न दुवै देशका प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको उल्लेख गरिएको छ ।

हेर्नुस पूरा विज्ञप्ति

 

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार ०९:१४