१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मुक्तिनाथ क्षेत्रमा माेदीको डेढ घण्टा (भिडियोसहित)

२९ वैशाख, काठमाडाैँ ।  नेपालको राजकीय भ्रमणमा रहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका हुन ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहेका थिए । माेदी बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट त्यहाँ पुगेका थिए ।

भिडियो

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १०:१०