१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा ज्यादै खुसी छुः मोदी

२८ वैशाख, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले सीताको भूमिमा पाइला टेक्न पाउँदा ज्यादै खुसी लागेको बताएका छन । जानकी मन्दिर परिसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए ।

उनले आफूलाई जनकपुरमा स्वागत गरेकोमा प्रधानमन्त्री ओलीसहित नेपाल सरकार, प्रदेश सरकार र नगर सरकारप्रति आभार पनि प्रकट गरे । उनले आफूलाई प्रधानमन्त्री बनाउने उत्तर प्रदेश, बनारस र त्यहाँका जनतालाई स्मरण गर्दै नेपाल र भारतीय जनताको अटुट सम्बन्ध अविस्मरणीय रहेको बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार १२:४०