विन्ध्यवासिनी हाइड्रोपावरको नाफा ८ करोड ९२ लाख, प्रतिसेयर आम्दानी कति ?
१९ कात्तिक, काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म ८ करोड ९२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १६ करोड ७६ लाख ८९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १६ करोड ६४ लाख ४६ हजार रुपैयाँ थियो। कम्पनीको कुल नाफा १६ करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ। वित्तीय खर्च ३ करोड ६० लाख ६३ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ६२ लाख ९० हजार रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३० करोड ८ लाख रुपैयाँभन्दा बढी छ। कम्पनीको कुल इक्विटी १ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल सम्पत्ति ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण तथा अन्य वित्तीय दायित्वसहित कुल दायित्व १ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ हाराहारी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी वार्षिकीकरणका आधारमा ३० रुपैयाँभन्दा माथि देखिन्छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२५.३६ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : November 5, 2026 at 12:30 pm










