१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

सानातिना मतभेद बिर्सौं, सहिदका सपना साकार पारौं : कांग्रेस सभापति देउवा

१६ माघ, काठमाडौं नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सानातिना मतभेद बिर्सेर सहिदका सपना साकार पार्नुपर्ने बताएका छ । सहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

सन्देशमार्फत उनले देश र लोकतन्त्रको हित रक्षाका लागि सानातिना मतभेद बिर्सेर सहिदको सपनालाई विपनामा रुपान्तरणका लागि सङ्कल्प गर्न आह्वान गरे । सभापति देउवाले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त एवं समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई सहिद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास लिएका छन् ।

लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गर्दै उनले यसबाटै विद्यमान विसङ्गतिको अन्त्य हुने र राष्ट्रले द्रुतरुपमा विकास र निर्माणमा अघि बढ्ने बताए ।

‘लोकतन्त्रको एउटा सवल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय । सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा ती देशभक्त वीर सपुतले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए,’ देउवाद्वारा जारी सन्देशमा छ ।

दिवसमा सम्झिँदै सहिद

प्रकाशित मिति : 08:44