योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त, ४ बजे राष्ट्रपतिबाट सपथ ग्रहण गर्ने
१५ साउन, काठमाडाैँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्रीमा नियुक्त भएका छन । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाइ नेकपामा अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड दुबैले यसअघि मन्त्री बनाउने प्रतिवद्धता जनाउँदै अाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका थिए । गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए । पर्यटनमा राज्यमन्त्री धनबहादुर बुढा भए पनि उनलाइ कुनै जिम्मेवारी भने दिइएको छैन । भट्टारइले ४ बजे शिलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 14:42









